Advertisement
SKIP THIS
एमाले अछामको मतगणना बुधबार बिहानबाट सुरू हुने

अछाम:नेकपा एमाले अछामको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना भोलि बिहान ८ बजेबाट मात्रै हुने भएको छ ।

आज राति अबेर भएकाले प्रहरी कार्यालयमा मतपेटिका सुरक्षित राखेर भोलि बिहान ८ बजेमात्र मतगणना सुरु हुने निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद ढुगानाले बताए।

निर्वाचनमा जम्मा ७ सय ५० मत खसेको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै ८ बजे सम्पन्न हुदा ७ सय ६२ मध्ये ७ सय ५० मत खसेको हो । एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह र चन्द्र बोहरा प्यानलले चुनावी प्रतिस्पर्धा गरेका छन ।

तपाईको प्रतिक्रिया