अछाम:नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठनको प्रथम भेला सम्पन्न छ।
संगठनका अगुवा ललि नेपालीको अध्यक्षतामा भएको प्रथम भेलाका प्रमुख अतिथि नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य पार्टीका प्रदेश कमिटी सदस्य जीत बहादुर निशानी रहेका थिए ।
संगठनको प्रथम भेलाले इन्द्र जैगडिको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। यस्तै सचीवमा हरिश परियारलाई चयन गरेको छ।
प्रथम भेलामा बोल्दै संगठनका केन्द्रीय सदस्य निशानीले दलित समुदायको हक अधिकारको लागि संगठनले काम गर्नु पर्नेमा जोड दिए ।मुक्ति संगठनको प्रथम भेलामा एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव नैन सिंह सोडारी, जिल्ला कमिटी सदस्य पुर्ण राना लगायतको सहभागिता रहेको थियो। प्रथम भेलाको संचालन संगठनका प्रदेश कमिटी सदस्य मनिश विकले गरेका थिए ।










