डाेटी:जिल्ला स्तरिय प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेट प्रतियोगिताकाे उपाधी रिभरसाईड क्रिकेट क्लबले हात पारेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेकाे रिभरसाईड क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन बनाएको थियाे।
जवाफी ब्याटिङ गरेकाे आयाेजक देवकाेटा युवा क्लब (ए)ले १८.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ८० रन मात्र बनाएकाे हाे। अयाेजक देवेन्द्र युवा क्लब (ए) सिलगढी ८० रनले पराजित भएको छ।
जित संगै रिभरसाईड क्रिकेट क्लबले १ लाख १ हजार १ सय ११ मेडल, ट्रफी, प्रमाणपत्र हात पारेको छ भने आयाेजकले ५० हजार ५ सय ५५, मेडल, ट्रफी, सहित प्रमाणपत्रमा प्राप्त गरेको छ ।
लिग सिस्टम अनुसार खेलाईएको उक्त खेलमा एल बी डब्लु बाहेक सबै आईसीसीको नियम रहेको आयाेजकले बताएको छ। पुस १६ बाट सिलगढी स्थित टुडिखेल खेल मैदानमा सुरु भएको प्रतियोगितामा जम्मा १२ ओटा टिमको सहभागीता रहेको थियाे।
गत वर्ष काेभिड १९ का कारण ज्यान गुमाएका सफल निर्माण व्यावसायि देवेन्द्र खड्काकाे स्मृतिमा उक्त मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयाेजना गरिएको हाे।
निर्माण व्यावसायि संघ डाेटीका महासचिव समेत रहेका खड्काको प्रथम स्मृतिमा देवकोटा क्रिकेट क्लब डाेटीले उक्त प्रतियोगिताको आयाेजना गरेको हाे।










