Advertisement
SKIP THIS
प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार भएको छ। उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो। खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस–वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन्। उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन।

तपाईको प्रतिक्रिया