Advertisement
SKIP THIS
जब एक महिलालाई बिक्रीमा राखियो ……….

काठमाडौंः जनवरी १ को दिनमा जब भारत प्रशासित कस्मिरकी पत्रकार कुरातुलैन रैबारले एकाबिहानै एक अनलाइन एपमा आफ्नो तस्बिर देखिन् छांगा खसेजस्तै भइन्। सो एपमा अनुमति बिना लिइएको उनको तस्बिर पोस्ट गर्दै रैबारलाई विक्रीको लागि राखिएको थियो। बिक्रीको लागि राखिएको उक्त अनलाइनमा सूचीमा उनीमात्र एक्ली थिइनन्।

‘बुल्ली बाइ’ अफ दी डे शीर्षकसहित बिक्रीको लागि राखिएको उक्त सूचीमा सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर राखिएको थियो जसमा अभिनेत्री सवाना आजमी, दिल्ली उच्च अदालतका न्यायाधीशकी पत्नी, केही पत्रकारहरु, अभियन्ता र राजनीतिज्ञ समावेश थिए। बेपत्ता पारिएकी विद्यार्थीकी ६५ वर्षिय आमा फतिमा नफिसदेखि नोबेल पुरस्कार विजेता पाकिस्तानी अभियन्ता मलाल युसुफजाइलाई समेत उक्त एपमा बाँकी राखिएको थिएन।

बुल्ली र सुल्लीजस्ता दुई शब्दहरु मुस्लिम समुदायमा महिलालाई प्रयोग गरिने तल्लो स्तरका सम्बोधन हुन्। तर, यसपटक बुल्ली बाइभन्दै पञ्जावी शब्द प्रयोग गरिएको देखियो। गत वर्षको जुलाइमा सुल्ली डिल्स भनिने बिक्रीमा मुस्लिम महिलालाई कसरी राखियो भन्नेबारे रिपोर्टिङ गरेकी पत्रकार रैबारले एपमा आफ्नो नाम र तस्बिर देख्दा आफू स्तब्ध भएको बताइन्। ‘जब मैले एपमा आफ्नो फोटो देखेँ तब मेरो घाँटी थिचिएको महसुस भयो। मेरो काँधमा असह्य महसुस भयो र मैले बेइज्जतीको अनुभव गरेँ’ उनले भनिन्।

तर, त्यहाँ वास्तविकरुपमा महिलालाई बिक्रीको लागि भने राखिएको थिएन। माइक्रोसफ्ट कम्पनीको सफ्टवेयर साइट गिटहबबाट आवेदन आह्वान गरिएको थियो। पत्रकार रैबार मात्र होइन, सूचीमा सामेल भएका अन्य महिलाले पनि सामाजिक संजालमा स्तब्धता व्यक्त गरेका छन्। अलजजिरा

तपाईको प्रतिक्रिया