डोटि राज पार्कि:द सेभेन नेपालको साधारणसभा कार्यक्रम आज ( सोमबार) सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाले आर्थिक वर्ष २०७७/७८मा गरेका कामकाे वारेमा प्रतिबेदन प्रस्तुत गर्दै समसामयिक बिषयमा छलफल गरेको थियो ।
कार्यक्रममा द सेभेन नेपालका अध्यक्ष गागिं बलायरको सभाअध्यक्षता, दिपायल सिलगढी नगरपालिका वडा नंवर ३ का वडा अध्यक्ष चक्र माझिको प्रमुख अतिथित्यता रहेको थियो । प्रमुख अतिथी काे आसन बोल्दै वडा नंवर ३ का वडा अध्यक्ष चक्र माझिले संस्थालाई आफ्नो वडाबाट गर्न सक्ने जति सहयोग गर्ने र कोरनाको महामारीमा बिचमा पनि द सेभेन नेपालले गरेको काम प्रती चर्चा गर्दै अगामी दिनमा पनि यस्तै काम गर्न हौसल्ला दिए।
कार्यक्रममा संस्थाका अध्यक्ष बलायरले बार्षिक प्रतिबेदन सहित अगामी योजनाहरु पनि प्रस्तुत गर्दै सहयोगी सबैलाइ धन्यवाद दीए। कार्यक्रमका सहभागीहरुले अझै यसरी नै संस्थाले काम गर्न आग्रह गरेका छन ।









