Advertisement
SKIP THIS
प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जना जुवाखालबाट पक्राउ

जाजरको:जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जाजरकोट सदरमुकामनजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए।

ती प्रहरी अधिकृतअनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ। जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम बरामद नभएको प्रहरीले बतायो। जुवाखालबाट नियन्त्रणमा लिइएका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया