Advertisement
SKIP THIS
विवाहको प्रलोभन देखाई महिलालाई भारत लगी ३५ हजारमा बेच्ने पक्राउ

काठमाडौंः प्रहरीले मानव बेचबिखनको आरोपमा एकजना पक्राउ परेका छन्। २०४९ सालमा काठमाडौं नयाँ बजारमा डेरागरि बस्ने महिलालाई भारतमा बिक्री गरेको आरापमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ स्थायी घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई पक्राउ गरिएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ हाइटमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो। ३० वर्षअघिको घटनामा ब्युरोले एक वर्षअघि देखि अनुसन्धान अगाडि बढाएको थियो। ब्युरोका अनुसार लामिछानेले‍ २०४९ सालमा काठमाडौँको नयाँ बजारमा डेरा गरि बस्दै आएकी महिलालाई विवाह गर्ने प्रलोभन देखाएर नयाँ दिल्ली पुर्‍याएका थिए। बालुवाखानीमा काम गर्ने श्रीमान बालुवाले पुरिएर गम्भिर घाइते भएपछि ती महिला एक्लै बस्दै आएकी थिइन्। सोही मौका छौप्दै लामिछानेले ती महिलालाई विवाह गरि सहारा दिने प्रलोभन देखाएको ब्युरोको दावी छ। प्रहरीका अनुसार लामिछानेले २०४९ जेठमा धनकुटा जाउँ भन्दै ती महिलालाई काँकडभिट्टा पुर्‍याएका थिए। सिलगुडीबाट कपडा किनेर काठमाडौंमा लगेर बेच्न आफुहरु भारत जान लागेको भन्दै लामिछानेले त्यतिबेला उनलाई फकाएको ब्युरोले जनाएको छ।

त्यहाँबाट रेल चढ‍ेका उनिहरु दिल्लीमा पुगेपछि ती महिलालाई लिन आएका दुई महिलाको जिम्मा लगाएर लामिछाने बेपत्ता भएका थिए। प्रहरीका अनुसार त्यसपछि ती दुई महिलाले पिडितलाई लामिछानेले ३५ हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए। तर तत्कालै उनी उम्कन सफल भएकी थिइन्। कोठी लैजानेक्रममा ट्याक्सीको झ्याल फोरेर भागेको ब्युरोले जनाएको छ।

यसै वर्षको कात्तिकमा नेपाल आइपुगेकी ती पीडित महिलाले प्रहरीलाई उजुरी गरेपनि लामिछाने पक्राउ पर्न सकेका थिएनन्। उनीविरुद्ध जिउ मास्ने बेच्ने कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

तपाईको प्रतिक्रिया