Advertisement
SKIP THIS
पायलकी एकल महिला जोशिको घर मर्मतको लागी नेपाली कांग्रेसद्वारा आर्थिक सहयोग

निराकरण सम्वाददाता अछाम :चौरपाटी गाउँपालिका  वडा नं ४ पायलमा एकल तथा बिपन्न महिला मनसरा जोशिको जिर्ण अबस्थामा रहेको घर मर्मतको लागि नेपाली कांग्रेस अछामका नेता तथा कार्यकर्ताले सहयोग गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति कृष्ण बुढाको नेतृत्वमा मंगलबार उनकै घर चौरपाटि गाउँपालिका वडा नं ४ पायलमा पुगि ६० हजार बराबरका जस्तापाता सहयोग गरेको हो।
आफ्नो घरमा कमाउने समेत कोहि नभएको,बस्ने घर समेत  जिर्ण अवस्था हुदाँ  कुनै सरकारले सहयोग नगरेको  एकल महिला जोशिले बताईन,नेपाली कांग्रेस आफ्नो लागि भगवान जसरी आएको एकल महिला जोशिले बताईन।

नेपाली कांग्रेस चौरपाटि गाउँपालिका वडा नं ४ पायलका सभापति शिबराज जोशिको अध्यक्षता भएको कार्यक्रममा जिल्ला सदस्य टेक बहादुर साउद, खकेन्द्र खड्का, दिप बहादुर  कुंवर, क्षेत्र न १ सभापति कृष्ण बहादुर बुढा,क्ष्रेत्र न १( क) प्रदेश सभापति महेश खड्का, क्षेत्रीय सदस्य तुल  बहादुर साउद, प्रदेश सदस्य छ्त्र खड्का, पुर्ब क्षेत्रीय सहसचिव मोहन बोगटी, पुर्ब क्षेत्री सदस्य लाल बहादुर धामी, चौरपाटी गाउँपालिका सभापति धर्म बहादुर साउद उपसभापती कल्लान थापा, कोषाध्यक्ष कौसी कुँवर वडा ६ दुनिका सभापति अर्जुन साउदको उपस्थित रहेको थियोे।

आर्थिक सहयोग गर्नेयो दाता हरु
१) राजेद्र ब. शाह महाधिवेशन प्रतिनिधि रु १००००
२) कृष्ण ब.कुंवर एन्जिला महाधिवेशन प्रतिनिधि   रु ५०००
३) डम्बरबहादुर सुनार डिबि महाधिवेशन प्रतिनिधि  रु ५०००
४) भिम ब.साउद निर्माण बिभाग केन्द्रिय सदस्य  रु ५०००
५) तुलाराम साउद  प्रदेश सदस्य  रु ५०००
६) भक्त ठकुल्ला प्रदेश सदस्य  रु ५०००
७) रेबन्त ठकुल्ला  अछाम क्षेत्र न १ प्रदेश प्रतिनिधि   रु ५०००
८) डिल्ली साउद युवा नेता चौरपाटी रु ५०००
९) धर्म ब साउद चौरपाटी गाउँ सभापति रु ५०००
१०) कृष्ण बुढा क्षेत्री सभापति  रु ३०००
११) महेस खड्का क) प्रदेश सभापति रु २०००
११) जयन्द्र स्वार महाधिवेशन प्रतिनिधि  रु १००० खकेन्द्र खड्का १०००, टेक ब साउद १००० तुल ब साउद ५०० कल्लान थापा ५००

तपाईको प्रतिक्रिया