Advertisement
SKIP THIS
चीनमा विवाहित जोडीले बच्चा जन्माएमा दुई लाख ऋण दिने

बेइजिङ:उत्तरपूर्व चीनको जिलिनमा सरकारले विवाहित जोडीलाई बच्चा जन्माएमा दुई लाख युआनसम्म ऋण दिने बताएको छ । घट्दो जनसङ्ख्याको समाधान गर्न अन्य जिल्लाहरु जस्तैगरी त्यहाँको सरकारले पनि आफ्नै तरिका अपनाएको बताइएको छ ।

त्यस्तै सानो व्यवसाय गर्ने जोडीहरुले दुईदेखि तीनजना छोराछोरी जन्माएमा उनीहरुलाई करमा समेत छुट दिने जिलिन सरकारले बताएको छ ।

जिलिनसहित चीनका तीन जिल्लाहरुमा जनसङ्ख्या सम्बन्धी सबैभन्दा ठूलो समस्या रहेको छ । २०२० मा त्यस क्षेत्रमा २०१० को तुलनामा जनसङ्ख्या १०.३ प्रतिशतले घटेको हो । यसमा पनि जिलिनको जनसङ्ख्या २०१० भन्दा १२.७ प्रतिशतले कम भएको पाइएको छ ।

जनगणनाको डाटा प्राप्त भएपछि यसले चीनलाई धनी हुनु अगाडि नै बूढो बनाइदिने गम्भीर चिन्ता उत्पन्न भएको थियो । यसकारण पनि सरकारले जनसङ्ख्या वृद्धिका लागि विशेष नीतिहरु सुरु गरिरहेको छ ।

जस्तै जिलिनमा सुत्केरी बिदालाई समेत बढाएर ९८ दिनबाट १८० दिन पुर्याइएको छ भने बुवा बनेकाहरुलाई समेत पत्नी र बच्चाको ख्याल राख्न २५ दिन बिदा थपिएको छ ।

तपाईको प्रतिक्रिया