Advertisement
SKIP THIS
हत्यारालाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

कैलाली: कैलालीको जानी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यारालाई कारबाहीको माग गर्दैै मृतकका आफन्त र स्थानीयले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

हत्या भएको एक हप्ता भइसक्दासमेत हत्यारालाई पक्राउ नगरिएको भन्दै लम्कीमा राजमार्ग अवरुद्ध गरिएको हो । निर्मम तरिकाले हत्या गरिएको अवस्थामा गत शनिबार दासको लास अमरावती सामुदायिक वनमा फेला परेको थियो ।

स्थानीय सम्मिलित संघर्ष समितिले गरेको अवरुद्ध अपराह्न चार बजेसम्म जारी रहने समितिका संयोजक ललित परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया