Advertisement
SKIP THIS
प्रहरीका एसएसपी मृत फेला

धकाठमाण्डौ: नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो।

प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले उनको मृत्यु भएको पुष्टि गरेका हुन्। संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले उनको मृत्यु संकास्पद भएकाले मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया