Advertisement
SKIP THIS
८ पटक खोप लगाइसकेका युवक पक्राउ,

पश्चिम युरोपको देश बेल्जियममा खोपमा हुने बेइमानी बारे अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक युवकलाई ८ पटक खोप लगाएको आरोपमा पक्राउ गरिएको छ । अचम्मको कुरा के छ भने युवक नवौँ पटक खोप लगाउन खोप केन्द्र जाँदा उनलाई पक्राउ गरिएको हो ।

यो अचम्मको घटना वलुन प्रान्तको २ लाख जनसंख्या भएको शर्लराय शहरको हो । यहाँ एक युवकलाई पैसा दिएर अरुको नाममा खोप लगाएको आरोपमा पक्राउ गरिएको हो ।

बेल्जियम मिडिया लावेनिरको रिपोर्ट अनुसार आरोपी यस्ता व्यक्तिलाई सम्पर्क गर्दथे जो भ्याक्सिन नलगाइकनै खोपकार्ड चाहन्थे । यस्ता व्यक्तिबाट मोटो रकम लिएर आरोपी उनीहरुको स्थानमा गएर खोप लगाउने गर्दथे । लगातार खोप लगाएका कारण स्वास्थ्यकर्मीले नवौँ पटक उनलाई चिन्न सफल भए र त्यसपछि उनीहरुले प्रहरीलाई यसबारे सूचना दिए ।

तपाईको प्रतिक्रिया