Advertisement
SKIP THIS
परपुरुषसँग लागेको भन्दै सुर्खेतमा ६९ वर्षीया श्रीमतीको हत्या

सुर्खेत: परपुरुषसँग लागेको आरोपमा सुर्खेतमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। गुर्भाकोटका–१३ भक्तपुरका ७१ वर्षिया भीमबहादुर परियारको कुटपिटबाट ६९ वर्षीया श्रीमति गौमाया परिवारको मृत्यु भएको हो।

भीमबहादुरले चिर्पटो र मसला पिस्ने लोहोरोले हिर्काउँदा गौमायाको मृत्यु भएको सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिए।

तर ती महिला परपुरुषसँग लागेको आरोप भने पुष्टि भएको छैन। अनुसन्धानपछि हत्याको कारण खुल्ने प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया