Advertisement
SKIP THIS
विवाहको भोलिपल्ट मेकअप बिना श्रीमतीलाई  देख्दा डिभोर्स

नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ। त्यो पनि महिलाको तर्फबाट। तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन्। श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन्।

इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट सम्बन्धविच्छेदको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन्। यी दुईको भेट फेसबुकमा भएको हो। फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन्। त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए। भेटमा पनि उनी आकर्षक नै देखिइन्। त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए। समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे।

‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने। ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिए । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ। म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु।’ ‘मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे। ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन्।’ इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन्।

‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जिङ्ग्रिङ्ग थियो। र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन्।’ अडिटि सेन्ट्रल

तपाईको प्रतिक्रिया