Advertisement
SKIP THIS
झडपमा परी कम्तीमा १३ जनाको मृत्यु

ग्वाटेमाला सिटी :ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा महिला र बालबालिकासमेत छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्बन्धी विवाद भएको हो ।

“घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने । उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन । रासस/एएनआई

तपाईको प्रतिक्रिया