Advertisement
SKIP THIS
सन्दिप लामिछाने बने कप्तान , ज्ञानेन्द्र सहित ४ खेलाडीलाई कारवाही

काठमाडौं: नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।

नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याकबाट सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया