रुपक खड्का बझाङ :बझाङको थलारा गाउँपालिका वडा न ३स्थित देबलबाझमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र प्रर्बधनका नहुँदा लोप हुदै गएका छन् ।

जुम्ली राजा जलन्धरले करिब १३ सय बर्ष पहिले निर्माण गरेका देबलहरु पछिल्लो समय संरक्षणको अभावले जिर्ण देखिएका छन् । चैते अष्टमि र शिबरात्रिको पर्बका बेला उक्त मन्दिरमा शिबजीको विशेष पुजाआजा गर्न चलन रहेको धामी जङ्ग उपाध्यायले बताए।
स्थानीय सरकारले यी धार्मिक पुरातात्त्विकको संरक्षण र प्रर्बधनका लागि पहल नगर्दा देबलहरु जिर्ण हुदै गएका छन् । टाढा देखि पुरातात्त्विक महत्त्वको देवल हेर्न दर्शनार्थी आएपनि स्थानीय सरकारले भने नजिकको तिर्थ हेला भनेझैं कुनै महत्त्व नदिएको स्थानीयहरु बताउँछन्।बझाङ जिल्लामै फरक शैलीमा ठडिएका मन्दिरको यथोचित तबरले संरक्षण र प्रर्बधन नहुँदा लोप हुने अवस्थामा पुगेको स्थानीय कबिराज उपाध्यायले बताए ।
पुरातात्त्विक बिभागले देवल पुनर्निर्माणका चासो दिएपनि नजिकै रहेको स्थानीय सरकारका जनप्रतिनिधि अहिलेसम्म यस बिषयमा मुकदर्शक भएर बसेको स्थानीय भगराज उपाध्यायले बताए ।









