अछाम :अछाममा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भण्डारी मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ ।
उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी अछाम प्रहरीले बताएको छ ।घटनाको अनुसन्धान गर्न प्रहरीको टोली घटना स्थलमा रहेको छ ।










