Advertisement
SKIP THIS
बालविवाह गर्नु हुन्छ या हुदैँन भन्ने बिषयमा विरुद्ध मतदान

बिक्रम खड्का डाेटि:डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडा मा बालविवाह न्यूनीकरण गर्नका लागि मतदान गरिएको छ। उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएकाले अहिले त्यो कार्य रोक्नका लागि यहाँका बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान कार्य सुरु गरिएको हो।

वडामा निरन्तर काेहि बर्ष गुड नेवर्स इन्टरनेशनल, नेपालको सहयोगमा र सामुदायिक विकास केन्द्र ले बालविवाह गर्नु हुँदैन भन्ने विषयमा अभिभावक तथा बालबालिकालाई सचेत गर्ने गरेर विभिन्न कार्यक्रम गर्दै आपछि त्यसको मूल्याकनका लागि मतदान कार्य सुरु गरिएको हो।

बिभिन्न बिधि मध्ये पहिलो पटक यसरी चुनाबमा भाग लिन पाएकोले बालबालिका उत्साहित भएर मतदानमा सहभागी भएका र धेरै ले बालबिवाह ग्रनुहुदैन यसले समस्य निम्त्याउने भयकाेले बालबिवाह गर्नु हुन्न भन्ने मा मतदान गरेको सुनादेबी माध्यमिक विद्यालय का प्रधानाध्यापक नबराज पाठकले बताए ।

सुनादेवि माध्यमिक बिद्यालय लडागडामा  गुड नेवर्स इन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र, डोटीको आयोजनामा पहिलो पटक “बालविवाह विरुद्ध मतदान अभियान”गरिएको हो ।
जसमा २ सय ८७ जना बालबालिका  ले मतदान गरेका थिए , जसमा छात्र १ सय ४५ र छात्रा एक सय ४२ जना रहेका थिए ।  बाल बिवाह गर्नु हुन्न भन्नेमा २ सय ६१ जना ले भोट गरेका थिए भने बालबिबाह गर्नु पर्छ भन्नेमा २६ जनाले मतदान गरेको सामुदायिक बिकास केन्द्र डोटीका सुचना अधिकारी एकराज बडुले बताए ।

२० वर्ष नपुगेर विवाह गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था भए पनि अधिकांश बालबालिकाले भने २० वर्ष कम उमेरमा विवाह गर्दै आएका छन् । आफ्ना बालबालिकालाई बालविवाहगर्नु हुन्न भन्ने विषयमा मतदान गर्न सिकाएको अभिभाकले बताएका छन् ।

यो समस्यालाई समाधान गर्न र उनीहरूको पढाइ सहज बनाउने गरेर अहिले संस्थाले विभिन्न स्कुलमा पोसाक तथा स्टेसनरी सामग्रीसमेत सहयोग गर्दै आएको गुड नेवर्स इन्टरनेशनल, नेपाल डोटीका संयोजक रन्जित चौधरीले बताए ।

तपाईको प्रतिक्रिया