Advertisement
SKIP THIS
टीकापुरमा चक्कु प्रहार गरि एक युवकको हत्या

टीकापुर:कैलालीमा एक युवकको चक्कु प्रहार गरि हत्या गरिएको छ। जिल्लाकाे टीकापुर नगरपालिका १ मा चक्कु प्रहार गरि  युवकको हत्या गरिएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १२३ बर्षका भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे तिर टिकापुरको सिद्धार्थ होटल नजिकै चक्कु प्रहार गरि हत्या गरिएको हाे ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको समूह द्वाराहत्या गरिएको  बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको छ । मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया