Advertisement
SKIP THIS
आर्थिक संकटले थेलीएको बयालपाटा अस्पतालले सेवा कटौति गर्दा अप्ठेरोमा परेका बिरामीको ब्यथा

निराकरण खबर अछाम:अछाम साफेबगर नगरपालीका ८ चण्डीका बयालपाटाकी ४४ बर्षीय सेतु देवि कडायत ३० बर्षको उमेरमै थाइराइड रोगले ग्रसित भईन ।भारत छदा भारतमै परिक्षण र औषधी सेवन गरिरहेकी कडायत २ बर्ष पहिले घर फर्कीन् , घर नजिकैको बयालपाटा अस्पतालमा थाइराइड परिक्षण गदै आएकी थीईन ।

आर्थिक संकट पछि अस्पतालले प्रदान गर्ने सेवा मध्य थाइराइड सेवा समेत बन्द भएपछि उहाँ अहिले साफेबगर बजारमा गएर परिक्षण गर्दै आएकी छिन । तिन महिनामा एक पटक थाइराइड परिक्षण गर्नुपर्ने र परिक्षण गरेबाफत रु १६ सय तिर्ने गरिकी छिन । साफेबगरमा निजी मेडिकलले रगत संकलन गर्ने र प्रदेश राजधानी धनगढी पठाउने गरेका छन ।यसरी रिपोर्ट आउन मात्रै ४ दिन लाग्ने गरेको छ ।


रिपोर्ट ढिलो आएका कारण ३ दिन देखि औषधि सेवन गर्न नपाएको उनमा छटपटी थियो, भन्थीन डाक्टले एक दिन पनि औषधि खान नछोड्नु भनेका थिए ३ दिन भै सक्यो पैसा तिरेर पनी औषधि खान पाएको छैन ।

बयालपाटा अस्पतालमै थाइराइड परिक्षण हुदाँँ न त उनलाई गाडी भाडा चाहिन्थो नत परिक्षण गरेको शुल्क लाग्थो न त औषधिको अहिले परिक्षण गर्न कै निम्ती दुई सय गाडी भाडा लाग्ने गरेको छ । परिवारको आर्थीक अवस्था न्युन छ ,४ छोरी हुर्काउने र ७० कटेका रोगी ससुरा हेरचाह गर्नु पर्ने जिम्मा उनकै काधमा छ । श्रिमान जोगी कडायत बयालपाटा बजारमा चीया पसल सञ्चालन गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया