Advertisement
SKIP THIS
नेपाल एयरलाइन्सद्वारा धनगढीबाट साफेबगर २ उडान भर्दै, यस्तो छ ,भाडादर

निराकरण खबर अछाम : नेपाल एयरलाइन्सले अछामको साफेबगर बिमानस्थलमामा पनि उडार्न भर्ने भएको छ।

मंगलबार धनगढीबाट अछामका लागि उडान भर्ने साफेबगर नगरपालिका प्रवक्ता बालगिरी कुवरले बताए । पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगरबाट १०:४५ बजे धनगढीका लागि उड्ने छ। यस्तै दोस्रो उडान धनगढीबाट पुनः ११: ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२:१५ बजे धनगढीका लागि उड्नेछ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको साफेबगर नगरपालिका प्रवक्ता बालगिरी कुवरले निराकरण खबरलाई बताए ।

यस अघि नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा उडान बन्द गरेको थियो । लकडाउन खुले पनि पछि जहाज नभएको भन्दै उडान कटौती गरेको थियो । तर एयरलाइन्सले जहाज नआएपनि अछामको साफेबगरमा कार्यलयको भने भाडा तिररहेको छ।

तपाईको प्रतिक्रिया