Advertisement
SKIP THIS
अछाममा बाढी पहिराेबाट प्रभावित क्षेत्रको अवस्थाको बारेमा गृहमन्त्रीको ध्यानाकर्षण

निराकरण खबर अछाम: राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले अछाममा बाढी पहिराेबाट प्रभावित क्षेत्रको अवस्थाका बारेमा गृहमन्त्री बालकृष्ण खाणलाई जानकारी गराएका छन् ।

केही दिन अघि आएको वर्षाका कारण बुढीगंगा नदी र कैलाश खोलाले गरेको कटानका बारेमा  गृहमन्त्री खाणलाई भेटेर ध्यानाकर्षण गराएका हुन । उनलेबुढीगंगा नदीको कटानका कारण साँफेबगर बिमानस्थल उच्च जोखिम र बिमानस्थल नजिकको सयौं रोपनी जग्गा कटान गरेको बारेमा गृहमन्त्री खाणलाई ध्यानाकर्षण गराए।

उक्त क्षेत्र राहतका कार्यक्रम र बुढीगंगा नदीको कटान नियन्त्रणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्न माग गरे। । यस्तै कैलाश खोलाबाट प्रभावित स्थानीय बासिन्दालाई राहतका कार्यक्रममा र रामरोशन जोड्ने सडक पुर्ननिर्माणमा बजेटको लागि माग गरेका छन्  । जिल्लाका मुख्य सडक मंगलसेन बेल्खेत सडक, गरिटाड कमलबजार तुर्माखाद,ढकारी सडक,साँफे मेल्लेख,चौखुट्टे चौरपाटी, जयगढ रामारोशन सडकको मर्मत र स्तरउन्नतिका बारेमा पनि राष्ट्रिय सभा सदस्य  कुँवरले गृहमन्त्री खाणको ध्यानाकर्षण गराए ।

गृहमन्त्री खाँणले सरकारले बाढी, पहिरामा जमिन र घर गुमाएकालाई पनि राहत दिने र पहिराले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिने जानकारी गराउनुभएको थियो । केही दिन अघिको लगातारको  वर्षाका अछाममा बुढिगङ्गा नदि,कैलाश  खोलाको कटानाका कारण ठूलो क्षेती भएको छ । वर्षाका कारण  टेलीफोन सेवा, बिजुलि बत्ती  अवरुद्ध हुदा स्थानीय बासिन्दा अन्धकार्यमा बस्न बाध्य भएका छन

तपाईको प्रतिक्रिया