Advertisement
SKIP THIS
कर्णाली प्रदेश सरकार फेरिदै

काठमाडौं:कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो साताको सुरुवातमा सरकार फेरिने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार सरकार परिवर्तन हुन लागेको हो ।

सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्त्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् भने कांग्रेसका तर्फबाट सांसद रहेका जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै समयमै सत्ता हस्तात्रण हुने प्रतिबद्धता जनाइसकेका छन् । उनले आफूले सहमति गरिसकेपछि धोका नदिने भन्दै कात्तिकको ५ गते देखि १० गते भित्र आफूले राजीनामा दिएर बैकल्पिक सरकार बन्ने बताएका हुन् ।

यता, कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर साहीले पनि दुई नेताबीच सहमति भएको भन्दै त्यसको कार्यान्वयन ढिलामा १० गते हुनसक्ने बताए ।

“सत्ता हस्तान्तरणको जेण्टलमेन एग्रिमेन्ट हामीबीच भएको छ, त्यसको कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त पनि छु,” शाहीले बाह्रखरीसँग भने, “एमालेले सांसदबाट कारवाही गरेका व्यक्तिहरुको ५ महिना पुगेपछि पद रिक्त हुन्छ । त्यससवेला सरकार पुनरगठन आवश्यक हुन्छ । पुनरगठन गर्दै नयाँ नेतृत्वसहितको सरकार बन्छ ।” उनका अनुसार नयाँ बन्ने सरकारमा माओवादी केन्द्र पनि सहभागी हुनेछ ।

तपाईको प्रतिक्रिया