Advertisement
SKIP THIS
कोभिड–१९ को जोखिमका हिसाबले देशभरका चारवटा जिल्ला रेड जोनमा

काठमाडौं:कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा परेका हुन् ।

यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम रहेको छ भने हालसम्म कुनै पनि जिल्ला संक्रमणमुक्त हुन सकेका छैनन् । त्यस्तै काठमाडौं उपत्यकामा हाल २ हजार ५१३ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ३० गतेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या काठमाडौंमा १ हजार २३४, भक्तपुरमा ५८९ र ललितपुरमा ६९० रहेको छ ।

तपाईको प्रतिक्रिया