Advertisement
SKIP THIS
अछामको मेल्लेखमा सामुहिक कुटपिटबाट एक युवा घाइते

एकेन्द्र खत्री अछाम :अछामको मेल्लेख गाउँपालिकामा एक युवा सामुहिक कुटपिटबाट  घाइते भएका छन् ।

घाइते हुनेमा मेल्लेख गाउँपालिका वडा नम्बर ६ का भोवन रावल रहेका छन्  । असोज २७ गते पसलबाट घर जाने क्रममा केही युवाहरूको समुहले उनलाई पञ्च प्रहार प्रहार गरि घाइते बनाएका हुन।

दशैमा  घर आएका स्थानीय मदन शाह, प्रेम शाह, जनक शाह लगायतको टोलीले २८ वर्षका रावललाई हातपात गरी घाइते बनाएका हुन् ।

घाइते रावलको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया