Advertisement
SKIP THIS
५ लघुबित्त सहित २१ वटा कम्पनी आईपीओ जारी गर्ने तयारीमा

काठमाडौं :नेपालीहरुको महान चाड विजय दशमीको हाम्रो घरदैलोमा आईसकेको छ। दशैंको रमझम लगत्तै कम्पनीहरुले साधारण शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका छन्।

कम्पनीले आइपीओ निष्काशन गर्नेको लागि नियामन निकाय नेपाल धितोपत्र बार्डमा स्वीकृतीको पर्खाइमा रहेका छन्। बोर्डको पाईपलाईनमा २१ वटा कम्पनीहरुको ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमतिको पर्खाइमा रहेका छन्।

जसमध्ये सबैभन्दा धेरै हाईड्रोपावर कम्पनीहरु रहेका छन्। हाईड्रोपावर समूहका १२ वटा कम्पनीको तीन अर्ब ४६ करोड ९९ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने पर्खाइमा रहेका छन्।
त्यसैगरी, लघुवित्त कम्पनीहरुको ५ कम्पनीका २८ करोड ६२ लाख ३३ हजार रुपैयाँ, दुई इन्स्योरेन्स कम्पनीहरुको एक अर्ब ८७ करोड २० लाख रुपैयाँ र अन्य समूहको २९ करोड ४१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि पर्खाइमा रहेका छन्।

पछिल्लो समय आईपीओमा लगानी गरेर राम्रो आम्दानी हुन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका छन्। यो मौका पारेर विगतका वर्षहरुमा भन्दा यस वर्ष साधारण शेयर बिक्री गर्न इच्छुक कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइन्छ।

चालु आर्थिक वर्षको करिब तीन महिनाको अवधिमा बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृती पाएका मध्ये सहास उर्जा, बुद्धभुमि नेपाल हाईड्रोपावर र न्यादी हाईड्रोपावर कम्पनीहरुले निष्काशन गरिसकेका छन्।

तपाईको प्रतिक्रिया