Advertisement
SKIP THIS
नेकपा एकीकृत समाजवादी अछामको इन्चार्जमा शेर बहादुर कुँवर

अछाम:नेकपा एकीकृत समाजवादीद्वारा शेर बहादुर कुँवरलाई अछाम इन्चार्जसहित सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य समेत रहेका शेर बहादुर कुँवरलाई पार्टीको स्थायी कमिटीको सातौँ बैठकले कुँवरलाई अछाम जिल्लाको इन्चार्जसँगै प्रदेश कमिटीमा उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

यस्तै कुल बहादुर कुवरलाई अछाम जिल्ला सह इन्चार्जको जिम्मेवारी दिइएको छ ।

मना कुमारी साउदलाई अछाम जिल्ला सह इन्चार्ज, शङ्कर भण्डारीलाई अछाम जिल्ला सह इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

तपाईको प्रतिक्रिया