निराकरण सम्वाददाता अछाम :अछाम जिल्लाको चौरपाटी गाउँपालिका ७ मार्कुमा अष्टमीका दिन लागेको शान्नीकोट दशै मेलामा १सय ५० बढी रागाको बलि दिईएको छ।

गएको बर्ष कोरोना महामारीका कारण प्रभावित भएको शान्नीकोट दशै मेलाका यो बर्षमा भने हर्ष उल्लासका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मेला ब्यवस्थापन समितिका सचिव चक्र बोगटीले बताए ।
मनोकाक्षां पुरा हुने जनविश्वसका साथ भक्तजनहरुले रांगा बोकाको बली चढाउने गरेका छन्। राँगासँगै ६ सय ७० बढी बोकाको समेत बलि चढाईएका सचिव चक्र बोगटीले बताए । मेला भरन अछाम र डोटीका दर्शनार्थी आउने गरेका छन् ।









