Advertisement
SKIP THIS
भैंसी चोरिको आरोपमा प्रकाउ परेका ब्याक्ती हिरासतको शौचालयमा मृत भेटिए

टीकापुर:इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत सोमबार अवस्थामा भेटिएका हुन ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार उनी हिरासतमा रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका हुन ।

शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआए पछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए । हिरासत भित्र थप पाँच जना थुनुवा समेत रहेका छन ।

उनिहरुका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जीको पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका हुन । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीकाे टाेलिले थप घटनाका बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

एसपी अधिकारी आफै घटनाको अनुसन्धानमा खटेका छन । प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपिमा आइतबार मात्रै पक्राउ परेका थिए । उनी जानकी गाउँपालिका दुर्गौलीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया