Advertisement
SKIP THIS
उपचारपछि घर फर्किए माधव नेपाल

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा उपचारपछि घर फर्किएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल सोमबार घर फर्किएको उनको सचिवालयले जनाएको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार स्वास्थ्यलाभपछि अध्यक्ष नेपाल आज घर फर्केका हुन्।

उनले भने, ‘स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने कुरा सम्बन्धित सबैमा सादर अनुरोध छ।

तपाईको प्रतिक्रिया