Advertisement
SKIP THIS
अछाममा बालबालीकाहरुमा निमोनिया संक्रमण बढ्दो

तारामान खड्का अछाम:अछाममा बालबालीकाहरुमा निमोनिया संक्रमण बढ्दै गएको छ । जन्मेदेखि ५ बर्षका बालबालीकाहरु निमोनिया संक्रमणको शिकार बनेका छन । १५ शैयाको जिल्ला अस्पतालमा २५ बालबालीका उपचारत छन ।

अहिले अछाम जिल्लाका स्वास्थ्य संस्थाहरु तथा ठुला दुई अस्पताल बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेन निमोनियाका बिरामीले भरिएका छन, निमोनियाका बिरामी सबै बालबालीका रहेका स्वास्थ्यकर्मी बताउछन । जन्मेदेखि ५ बर्षका बालबालीका निमोनिया संक्रमणको शिकार बनेका हुन । १५ शैयाको जिल्ला अस्पताल मंगलसेनमा आईतबार मात्रै २५ बालबालीका निमोनियाको उपचार भईरहेको थियो । असोज ४ गते जिल्ला अस्पताल मंलसेनमा भर्ना भएका अछामको मंगलसेन नगरपालिका–१३ का ११ महिनाका बालक भूपेन्द्र जनालाको निमोनियाकै कारण मृत्यु भयो ।

गत बर्ष बयालपाटा अस्पतालमा १२ सय ५ बालबालीका अस्पताल भर्ना भएका थिए, ति मध्ये ३ सय ८० बालबालीकामा निमोनिया संक्रमण भएको थियो ।यो आर्थीक बर्षको ३ महिनामा मात्रै ९ सय ३५ बालबालीका बयालपाटा अस्पतलमा भर्ना भएका ति मध्ये ३ सय ३२ बालबालीका निमोनियाका रहेका थिए । बयालपाटा अस्पतलमा अछाम सहित ,बाजुरा र डोटीका बालबालीकाको उपचार भएको स्वास्थ्य सेवा निर्देशक डा. मन्दिप पाठकले बताए । यो समयमा मौसम परिवर्तनका साथै पानी समेत परिरहेकाले निमोनियाका बिरामी बढेका बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. मन्दिप पाठकले बताए ।
अहिले अस्पतालमा आउने निमोनियाका बिरामी प्राय स्थानिय मेडिकलमा परिक्षण नै नगरी एन्टीबाटीक औषधि खाएका ,त्यहा निको नभएपछि अस्पतालले गरेका भेटीएको निमोनीयका उपचारमा खटीएका स्वास्थ्यकर्मीहरु बताउछन । अस्पतालमा आउने निमोनियाका बिरामीहरु बढी जसो जन्मेदेखी ५ बर्ष सम्मका रहेका छन ।

अहिले जिल्ला अस्पताल मंगलेनमा आउने बिरामीहरु मध्ये ८० प्रतिशत र बयालपाटा अस्पतालमा आउने बिरामीहरुमा ५० प्रतिशत बालबालीका रहेका र अधिकांस निमोनियाकै रहको अस्पताल प्रशासन बताउछ ।अहिले अस्पतालहरुमा आउने बिरामीहरुलाई अक्सीजन लगाउने र एन्टिबायोटिक औषधि दिने गरिएको जिल्ला अस्पताल अछामका मेडिकल अफीसर डा.प्रेम ढुंगाना बताए । निमोनियाबाट बालबालीका सहित ६५ बर्ष माथीका बृदहरुलाई बढी जोखिममा हुने गरेका छन । तर अछाममा हाल देखिएका निमोनियाका बिरामी बालबालीका मात्रै रहेका छन । अरु उमेर समुहकाले कोरोना बिरुद्धको खोप लगाईसकेका र बिज्ञहरुले समेत बच्चाहरुमा कोरोनाको जोखिम बढेको बताएका तर अछामा देखिएका निमोनियका बिरामीमा कोरोनाको कुनै लक्षण नदेखिएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. मन्दिप पाठकले बताए ।

अछामका सरकारी तथा निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरो,मौसमी रुघाखोकी,र निमोनियाका बिरामी बढेका छन। कमजोर प्रतिरोधि क्षमता भएका वा पहिले नै कुनै रोग सँग लडिरहेका र बालबालीकालाई सजीलै निमोनिया लाग्ने गरेको स्वास्थ्यकर्मी बताउ छन । तातो पानी खाने र घरको ठुलो सदस्यलाई रुखा खोकी लागे मास्क लगाई राख्ने , बच्चालाई चिसोबाट बचाउने, ज्वरो आउने बित्तीकै एन्टिबायोटिक नदिएर सिटामोख खुवाउनु पर्ने जिल्ला अस्पताल अछामका मेडिकल अफीसर डा.प्रेम ढुंगाना बताउछन ।

तपाईको प्रतिक्रिया