Advertisement
SKIP THIS
टीकापुर नजिकैको तिकुनिया बजारमा झडप, ८ जनाको मृत्यु

धनगढी : नेपाल-भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिले पनि उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा रहेको तिकुनिया क्षेत्र तनावग्रस्त छ।
भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसानहरु आन्दोलनमा थिए। सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ।

कसरी भयो घटना:
आइतबार केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै योजनाहरुको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। उपमुख्यमन्त्री केशव प्रसाद मौर्य प्रमुख अतिथिका रुपमा उपस्थित थिए। केशव मौर्यको हेलिकप्टर अवतरण गर्ने क्रममा बिहानदेखि किसानहरुले कालो झण्डा बोकेर धर्ना सुरु गरेका थिए। सोही समयमा भाजपा कार्यकर्ताहरु पनि पुगेपछि झडप सुरु भएको हो। केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्राका छोराले कारले च्यापेर किसानको हत्या गरेको आरोप छ।

तपाईको प्रतिक्रिया