Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकामा निर्माणाधीन आधारभुत अस्पतालको अनुगमन

निराकरण सम्वाददाता अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालीकामा निर्माणाधीन १५ शैया’ आधारभुत अस्पतालको अनुगमन तथा निरीक्षण गरिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निति योजना तथा अनुगमन महाशाखा अन्तर्गतको आधारभुत अस्पताल इकाई शाखा जनस्वास्थ्य निरीक्षक सुरत बहादुर खड्का नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।

निर्माणाधीन १५ शैया आधारभुत अस्पतालको हाल भईरहेको काम सन्तोषजनक अवस्था रहेको यहि अवस्थामा काम भए समयमै अस्पताल निर्माण सम्पन्न हुने जनस्वास्थ्य निरीक्षक खड्काले बताए ।

अनुगमन तथा निरीक्षण कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्का,उपाध्यक्ष लोक बहादुर साउँद , प्रमुख प्रशासकिय अधिकृत राम चन्द जोशी ,ईन्जिनियर हेमन्त रेग्मी ,सहायक ईन्जिनियर लोकेन्द्र ठकुल्ला रहेका थिए।

तपाईको प्रतिक्रिया