Advertisement
SKIP THIS
पहिलो भेटमै विवाह , पछि थाहा भो श्रीमती पोर्न स्टार

काठमाडौंः एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो। एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे। यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए।

यो घटना बेलायतको हो। ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोश नाम भएका युवकसँग विवाह गरिन्। इ–४ को शो (म्यारिड एट फर्स्ट साइट) मा भाग लिनुभन्दा अघि एमीले  कम बजेटका थुप्रै एक्स–रेटेड फिल्ममा काम गरिसकेकी थिइन्।  

एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरिन्। उनको यस्तै एक्स रेटेड पहिलो फिल्मको सुटिङ त्यतिबेला भएको थियो जब उनी २५ वर्षकी मात्रै थिइन्।​ एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो। पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन्। अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पोर्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन्। तर अब सबैकुरा विगत भइसकेको छ।’ ‘आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,’ उनले भनिन्।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन। यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस्।’

जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन्। उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन्। अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन्। त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन्। त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए।

तपाईको प्रतिक्रिया