निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालिमा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गर्दै नेपाली कांग्रेसमा प्रबेश गर्नेको लर्को लागेको छ।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत शनिबार भएको गाउँ अधिबेशनमा नेपाली कांग्रेस प्रबेश गर्नेको लर्को लागेको छ।
कार्यक्रममा बान्नीगढि जयगढ गाउँपालीका वडा नं ३ बरदादेबि र वडा नं ६ दर्नाबाट नेकपा एमालेका ३ दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रबेश गरेका थिए ।नव प्रबेशिलाई नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले स्वागत तथा बधाई दिएका थिए।
नेपालमा कम्युनिस्टको २ तिहाई सरकार हुदा समेत देशमा कुनै प्रगति हुन नसकेको उल्टै देशमा हत्या हिंसा बलात्कार र भ्रष्टाचार बढ्नुका साथै सत्ताको लुछाचाडीका कारण पार्टी नै छिया छिया भएको २०३२ साल देखि निरन्तर नेकपा एमालेमा रहि हाल नेपाली कांग्रेसमा प्रबेश गरेका झंकर टमट्टाले बताए ।