Advertisement
SKIP THIS
सेक्स भिडियो देखाएर ९ महिनासम्म १५ वर्षीया बालिकामाथि बलात्कार,  २८ जना पक्राउ

काठमाडौं: वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा भारतमा २८ जनालाई पक्राउ परेका छन्। सुरुमा बालिकालाई उनकै केटा साथीले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए।

त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ब्याकमेल गर्दै सामूहिक बलात्कार गर्दै आएको भारतीय सञ्चालर माध्यमले जनाएका छन्। प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो।

बुधबार राति बालिकाले प्रहरीमा उक्त घटनाबारे उजुरी दिएकी थिइन्। किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन्।

मुम्बई प्रहरीका अनुसार बालिकामाथि मुम्बईको डोम्बीवली, बदलपुर, मुरबाद र रबालेमा सामूहिक बलात्कार भएको थियो। (एजेन्सी)

तपाईको प्रतिक्रिया