Advertisement
SKIP THIS
प्रहरीले पूर्व आईजीपी मोतिलाल बोहरा लगायतका घरबाट एभोकाडो चोरी ,१ दर्जन युवालाई पक्राउ

काठमाडौं: प्रहरीले पूर्व आईजीपीलगायत काठमाडौंका विभिन्न घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई पक्राउ गरेको छ।

Avocado isolated on a green background.

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरको टोलीले १२ जनालाई पक्राउ गरेको हो। उनीहरुले नयाँ बानेश्वर संगमचोकको हजारीमार्गस्थित पूर्व आईजीपी मोतिलाल बोहरा र अन्य १० घरबाट एभोकाडो चोरेको आरोप लागेको छ।

पक्राउ पर्नेमा रामेछापका सञ्जीव खड्का, शंकर कठायत, निरज नेपाली, हेटौंडाका राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ, मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, देव तामाङ, सुनसरीका मोहित दाहाल र झापाका प्रदिप यादवसहित १२ जना रहेका छन्।

प्रहरीका अनुसार ३५० देखि ४ सय रुपैयाँ प्रतिकेजी मूल्य रहेको एभोकाडो उनीहरुले १५० देखी २०० मा बेच्ने गरेको पाइएको छ। एभोकाडो किन्ने ८ ओटा फलफुल पसलेमाथि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया