Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाद्वारा मासिक ३६ हजारका दरले स्वकीय सचिवलाई गैरकानुनी रुपमा भुक्तानी

निराकरण सम्वाददाता अछाम :अछामको मंगलसेन नगरपालिकाले स्वकिय सचिव र सल्लाहकार भन्दै ४ लाख ६८ हजार ८ सय ७० रुपैयाँ भुक्तानी गरेको छ।

सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धि ऐन २०७५ पहिलो संसोधनमा समेत स्थानीय तहका प्रमुख उप प्रमुखले स्वकीय सचिव सल्लाहकार राख्न पाउने ब्यवस्था गरेको छैन ।

तर मंगलसेन नगरपालिकाले भने अधिकृत स्तरमा कर्मचारी भर्ना गरि मासिक ३५ हजार ९ सय ९० काम दरले ४ लाख ६८ हजार ८ सय ७० रुपैयाँ भुक्तानी दरले हजार भुक्तानी गरेको महालेखाको ५८ औ प्रतिबेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया