Advertisement
SKIP THIS
पञ्चदेवल बिनायक नगरपालिका प्रमुख देवराज देबकोटाले ईन्टरनेट बाफत १ लाख ३९ बुझे

निराकरण सम्वाददाता अछाम :अछामको पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख देवराज देवकोटाले ईन्टरनेट प्रयोग गरेको भन्दै १ लाख ३९ हजार ५ सय बुझेका छन् ।

सुदूरपश्चिम सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुबिधा सम्बन्धि पहिलो संसोधन २०७६ को दफा ३ को उपदफा ३ सँग सम्बन्धित अनुसुचि १ख मा नगरपालिका प्रमुखलाई ईन्टरनेट बाफत मासिक ६ हजार ५ सय सुबिधा तोकिएको छ। मासिक ६ हजार ५ सयका दरले ५८ हजार ५ सय बुझिसकेको अवस्थामा
पुनः नगरप्रमुख देबकोटाले भने ऐनले निर्धारण गरेको भन्दा ८१ हजार बढी लिएका महालेखाको ५८ औ प्रतिबेदनमा उल्लेख छ।

यस्तै नगर उपप्रमुख अम्बिका चलाउने समेत २० हजार ३ सय ४० रुपैयाँ बढी बुझेकी छन् । ऐन उप प्रमुखलाई मासिक ५ हजार तोकिएको छ। मासिक ५ हजारका दरले ४५ हजार बुझिसकेको अवस्थामा उप प्रमुख चलाउने २० हजार ३ सय ४० रुपैयाँ बढी बुझेकी महालेखाको ५८ औ प्रतिबेदन उल्लेख छ।

नगर प्रमुख देबराज देबकोटाले बढी बुझेको ८१ हजार र उपप्रमुख अम्बिका चलाउनेले बढी बुझेको २० हजार ३ सय ४० कुल १ लाख १ हजार ३ सय ४० असुल उपर गर्न महालेखाले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया