Advertisement
SKIP THIS
तलब बोकेर लिदा पसिना आयो

एजेन्सी: आयरल्यान्डको एक रेस्टुरेन्टमा काम गर्ने रियान केओघले मालिकसँग काम गरेको तलब मागिरहेका थिए।

मालिकले कामदारलाई नोट र बैंक खातामा पैसा पठाउन नसकिने र सिक्का दिने शर्त राखे। कामदारलाई पैसाको खाँचो भएकाले उनले शर्त मन्जुर गरे।

रेस्टुरेन्ट मालिकले कामदारलाई तलबबापत २ बाल्टीभरि सिक्का दिए। ती सिक्का बोकेर घर पु¥याउँदा कामदारको पसिना चुहियो।

अरु बेला बैंकमा तलब पठाउने गरिएको भएपनि मालिकले कामदारलाई दुःख दिने नियतले सिक्कामा तलब दिएको द मिररमा प्रकाशित रिपोर्टमा उल्लेख छ। रियानले मालिकको व्यवहारबारे ट्विटरमा गुनासो पोखेका छन्।

तपाईको प्रतिक्रिया