Advertisement
SKIP THIS
एकीकृत समाजवादी पार्टी कार्यलयको भाडा मासिक ३ लाख

काठमाडौं:माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् । 

राजधानीको बानेश्वर–आलोकनगरमा रहेको पार्टी कार्यालयको मासिक भाडा ३ लाख रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए । 

पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्नेछ । 

तपाईको प्रतिक्रिया