Advertisement
SKIP THIS
चीनमा शक्तिशाली भूकम्प,

बेइजिङ :चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । घरहरू भत्किएका छन् ।

बिहीबार बिहान ४ः३३ मा १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भूकम्प गएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । सीसीटीभीका अनुसार ६० जना घाइते भएका छन्, त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

३५ घर भत्किएका छन् । भूकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ ।

पश्चिम चीन नियमित रूपमा भूकम्पबाट प्रभावित हुँदै आएको छ । सिचुवानमा सन् २००८ मा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ९० हजार मानिसको ज्यान गएको थियो । एपीबाट ।

तपाईको प्रतिक्रिया