Advertisement
SKIP THIS
फुट्यो तालिवान

एजेन्सी:तालिबानको अन्तरिम सरकारमा विभाजन भएको छ। तालिबानका एक वरिष्ठ अधिकारीले संगठनमा फुट देखिएको उल्लेख गरेका छन् ।

तालिबानका एक वरिष्ठ अधिकारीले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई जनाए अनुसारतालिबान सह(संस्थापक मुल्ला घनी बरादार र राष्ट्रपति भवनमा एक क्याबिनेट सदस्यको समूहबीच झगडा भएको थियो।

मुल्ला बरादर हालैका दिनहरुमा सार्वजनिकमा देखिएको छैन। यस विषयमा तालिबान अधिकारीहरुले भने आधिकारिक रुपमा अस्वीकार गरेका छन् ।

तालिबानले गत महिना अफगानिस्तानको नियन्त्रण लिएको थियो र अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक अमिरात बनाउने घोषणा गरेको थियो।

तालिबानले गत सातामात्रै नयाँ क्याबिनेट घोषणा गरेको थियो । जसमा सबै पुरुष र दुई दशकदेखि चलिरहेको युद्धका क्रममा आतंकवादी घोषित व्यक्तिहरु थिए ।

तपाईको प्रतिक्रिया