Advertisement
SKIP THIS
चाणक्यको अनमोल वचन:

अछाम :-मानिस एक्लै जन्मन्छ, एक्लै मर्छ । साथै उसले आफ्नो राम्रो र नराम्रो दुबै कामको फल पनि आफैले भोग्छ । उनी एक्लै स्वर्ग वा नर्क जान्छ ।

-तपाईं के गर्ने सोंचमा हुनुहुन्छ यो कुरालाई व्यक्त नगर्नुहोस् । बुछिमानीपूर्वक यसलाई रहस्यमै राख्नुहोस् र कामको लागि दृढ रहनुहोस् ।

-शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्ति हरेक स्थानमा सम्मानित हुन्छन् । शिक्षाले सौन्दर्य र यौनलाई परास्त गर्न सक्छ ।

-जब भय तिम्रो सामुन्नेमा आइपुग्छ, त्यसलाई आक्रमण गरेर नष्ट गरिदिनुहोस् ।

-सर्प, सिंह, होहल्ला गर्ने भिड, सानो बालक, अर्काको कुकुर र मुर्ख । यिनीहरुलाई निद्राबाट जगाउनु हुँदैन ।

-सबैभन्दा ठूलो गुरुमन्त्र हो, कहिले पनि आफ्नो राज अर्कालाई बताउनु हुँदैन । यदि त्यसो गर्नु भएन भने तपाईं बर्बाद हुनसक्नुहुन्छ ।

– सन्तुलित मस्तिष्क जस्तो कुनै सादगी हुँदैन, सन्तोष जस्तो कुनै सुख हुँदैन, लोभ जस्तो कुनै विराम हुँदैन र दया जस्तो कुनै पूण्य हुँदैन ।

-त्यो ज्ञान, जो किताबमा सीमित छ । त्यो धन, जो अर्काको कब्जामा छ । यी दुबै आफ्नो आवश्यक्ता परेको बेला काम लाग्दैन ।

– सारसले जस्तै एक बुद्धिमान व्यक्तिले आफ्नो इन्द्रियलाई नियन्त्रणमा राख्नुपछृ । आफ्नो उदेश्यलाई स्थानको जानकारी, समय र योग्यता अनुसार प्राप्त गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया