Advertisement
SKIP THIS
४५ वर्षीय पत्रकार चौहानको निधन

बुटवल:नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ।

निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको गए राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो। तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घले जनाएको छ ।

चौहान नेपाल पत्रकार महासङ्घका पूर्वकार्यसमिति सदस्य थिए। दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन्। चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया