Advertisement
SKIP THIS
सुदूरपश्चिमका दुई जिल्लामा आज सार्वजनिक बिदा

धनगढी: थारु बाहुल्यता रहेको सुदूरपश्चिमका दुई जिल्लामा भदौ २७ गते (आज)सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो ।सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। 

तपाईको प्रतिक्रिया