काठमाडौं:मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको छ।
भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो–प्यासेफिक रणनीति’को अंग भए÷नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको÷नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो।
एमसीसी कार्यान्वयन गर्दा नेपालमा अमेरिकी सुरक्षा प्रभाव पर्ने÷नपर्ने, परियोजनाको लेखापरीक्षण नेपालबाट हुने कि अमेरिकाले गर्ने भन्ने प्रश्नहरु रहेका थिए। उक्त प्रश्नहरुको जवाफमा अमेरिकी सरकारले पत्र पठाएको जनाइएको छ।









