Advertisement
SKIP THIS
एकै परिवारका ६ जनाको हत्या

संखुवासभा:संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए ।

उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । थप विवरण आउन बाँकी रहेको छ । 

तपाईको प्रतिक्रिया